भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशै, तिहार, नेपाल संवत् र छठको अवसर पारेर बुधबार दिउँसो भृकुटी मण्डपमा चियापान समारोहको आयोजना गरेको छ । दिउँसो ३ बजे सुरु हुने चियापान दुई घण्टासम्म चल्नेछ ।
तर, चियापान भन्दा अगावै नेकपाले केही सन्देश दिन चाहेको देखिएको छ । त्यसका लागि बुधबार विहान ८ बजे नेकपाको सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार विहान करिब तीन घण्टा छलफल गरेका छन् । बैठककै तयारीका लागि मंगलबार साँझ दुई घण्टा लामो नेकपाको सचिवालयको अनौपचारिक बैठक बसेको छ ।
नेकपाले चियापान अघि बस्ने सचिवालय बैठकबाट मुख्यतः तीनवटा सन्देश दिन खोजेको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमण नेकपा सरकारको ऐतिहासिक सफलता
नेकपा स्रोतका अनुसार बुधबार बस्ने सचिवालय बैठकले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण नेकपा नेतृत्वको सरकारको ऐतिहासिक सफलता भएको सन्देश दिन खोजेको छ । सीको भ्रमण पश्चात नेकपाका अध्यक्षद्वय र सचिवालयको अनौपचारिक बैठकमो समीक्षा भए पनि नेकपाको औपचारिक धारणा आउन बाँकी छ ।
नेकपाले राजनीतिक स्थायित्व कायम भएपछि मात्रै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्भव निष्कर्षसहित तत्कालीन एमाले र माओवादीको एकताबाट मात्रै यो सम्भव भएको निचोड नेकपाले निष्कर्ष निकालेको छ । यसबाट एमाले र माओवादीबीच एकता गरेर नेकपा बनाउनु सहि भएको भन्ने पुनः सन्देश नेकपाले दिन खोजेको छ ।
उपनिर्वाचनमा विजय हुने लक्ष्यसहित चयारीमा जुटेको सन्देश
नेकपा स्रोतका अनुसार बुधबार विहान बस्ने सचिवालय बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहतका कमिटिहरुलाई निर्देशन दिन लागेको छ । मंसिर १४ मा विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन हुँदैछ ।
मंसिर १४ को उपनिर्वाचनलाई सरकारको लोकप्रियतासँग जोडिएकोले निर्वाचन जसरी पनि जित्ने ध्याउन्नमा नेकपा देखिन्छ । चियापान अगावै निर्वाचनको तयारी गरेको सन्देश दिएर नेकपाले आफ्ना पंक्तिलाई जागरुक र विपक्षीमाथि दबाब गर्न चाहेको देखिन्छ ।
सरकारको कामका समिक्षा गर्न स्थायी समिति बैठक
नेकपा स्रोतका अनुसार बुधबार बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउदैछ । सरकारको कामकारबाहीको समिक्षा, पार्टी एकता प्रक्रियाको कामका समिक्षा गर्न र महत्वपूर्ण निर्णय लिन नेकपाले स्थायी समितिको बैठक बोलाउँदैछ ।
अध्यक्ष ओली र प्रचण्डबीच सोमबार भएको छलफल र मंगलबार बसेको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले राखेका सुझावका आधारमा नेकपाले स्थायी समिति बैठक बोलाउन लागेको हो । सरकार नै परिवर्तन वा मन्त्रीमण्डल हेरफेर गर्ने भन्ने विषयमा स्थायी समितिमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
कृष्णबहादुर महराको राजिनामा पछि रिक्त रहेको सभामुखका लागि निर्वाचन र उम्मेदवारका बारेमा पनि स्थायी समितिमै छलफल हुन सक्ने नेताहरुले बताएका छन् । बुधबार चियापन अगावै स्थायी समितिको बैठक बोलाउने निर्णय गरेर नेकपाले सरकारको कामकारबाहीको समिक्षा गर्न लागेको सन्देश दिन खोजेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OSVJQ2 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

