भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

३० असोज, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना गरेको छ ।
जयनेपाल चलचित्र भवनमा आयोजित विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, पर्यटन मन्त्री योगश भट्टराई, सामान्य प्रसासन मन्त्री लालबाबु पण्डित, नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्मा, सञ्चारमन्त्री रवि लामिछाने, पूर्वप्रधान सेनापति रुमाङ्गत कट्वाल लगायत थुप्रै विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेपछि पत्रकार पूर्वप्रधानमन्त्री नेपालले फिल्मको विषयबस्तु मन परेपनि फिल्मको क्लाइमेक्स मन नपरेको प्रतिक्रिया दिए । उनले फिल्मको क्लाइमेक्समा अभिनेता दीपकराज गिरीलाई चुनाव गराएको जितेको देखाउनुपर्ने बताए ।
यस्तै पुनले दीपक दीपाको हरेक फिल्ममा केही न केही सन्देश हुने भन्दै ‘छ माया छपक्कै’मा पनि राजनीतिक सन्देश भएको बताए । उनले चलचित्रमा जस्तै राजनीतिमा नयाँ पात्र आउनुपर्ने विचार व्यक्त गरे ।
मन्त्री पण्डितले चलचित्र मनपरेको बताउँदै एक क्षेत्रमा लोकप्रिय हुनेबित्तिकै राजनीतिमा आउँदा सफल भइन्छ भन्ने नसोच्न पनि अनुरोध गरेका छन् । राजनीतिले जनताको समस्या बुझेर बोक्नसक्नुपर्ने भन्दै उनले राजनीतिमा भएका पूराना मान्यतालाई समय सन्दर्भमा परिवर्तन गर्नुपर्ने स्पस्ट पारे ।
यस्तै पर्यटन मन्त्री भट्टराईले कलाकारितामा दीपक–दीपाको जोडी एकदमै जमेको बताए । चलचित्रले राजनीतिक क्रान्तिहरु भएता पनि विकासका कामहरुलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने सन्देश दिएको मन्त्री भट्टराईको भनाइ छ ।

सञ्चारकर्मी रबि लामिछानले चलचित्र एकदमै राम्रो लागेको बताए । दोश्रो पार्टमा अलिअलि भड्किन खोजेको हो की जस्तो लागेको भएता पनि पुनः सम्हालिएर गएकोले चलचित्र सन्देशमुलक र मनोरञ्जनात्मक भएको स्पस्ट पारे । दीपक–दीपाको चलचित्र नियमित हेर्दै आएको भन्दै रबिले यो सिरिजमा निकै नै सुधार गरेको भन्दै दीपकलाई बधाई पनि दिए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चलचित्रले नेपाली समाजको तस्बिर देखाएको बताए । शर्माले कलाकारको अभिनय, निर्देशकीय पक्ष एकदमै राम्रो र टीमको उत्कृष्ट कामले चलचित्र सफल हुने बताए । चलचित्र नेपालका कैयौँ गाउँहको कथा देखाएको बताउँदै उनले राज्यले राख्नुपर्ने गम्भीरता नराख्दा गाउँबासीले भोगेको पीडालाई प्रस्तुत गरिएको उल्लेख गरे । उनले भने, ‘सबैभन्दा मह्त्वपूर्ण यो चलचित्रले नागरिक जागरुकतालाई प्रस्तुत गर्न खोजेको छ । सबैले हलमा आएर चलचित्र हेरिदिनुहोला ।’
यस्तै राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीले चलचित्र एकदमै राम्रो रहेको बताउँदै सन्देश र मनोरञ्जन लिनको लागि सबैलाई अनुरोध गरेकी छन् ।
नायक भुवन केसीले चलचित्र हरेपछि दीपाश्री निरौलालाई चलचित्रमा मिस गरेको बताए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ppvqX8
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

