Loading...
Loading...
दुई जना सचिवविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको रु १२ लाख ५६ हजार २७५ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ ।

आयोगले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले प्रदेश नं २ को मुख्यमन्त्रीको कार्यालय जनकपुरमा कार्यरत सहायक पाँचौँ मनोजकुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार झा साविक हथियाथी गाविसको सचिव रहँदा चालू ताथ पूँजीगत खर्च आफूखुशी गरी सरकारी स्रोतको दुरुपयोग गरेको आरोप लागेको छ । आयोगले झाविरुद्ध रु तीन लाख ५९ हजार १३८ बराबरको सरकारी कोष दुरुपयोग गरेको आरोप लगाएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bz1OcG via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.