Loading...
Loading...
बिगबोस १३ को लागि कति पारिश्रमिक लिदैँछन् सलमान ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ असोज, एजेन्सी । सलमान खान पछिल्लो १० वर्षदेखि बिगबोस होस्ट गरिरहेका छन् । यो वर्षको बिगबोस पनि सलमानले नै होस्ट गर्ने पक्का भइसकेको छ । बिगबोस होस्ट गर्दै आएका सलमानको पारिश्रमिकको विषयमा हरेकवर्ष चर्चा हुने गरेको छ । यो वर्ष पनि उनको पारिश्रमिकको चर्चा शुरु भएको छ ।

पछिल्लो केहीदिनदेखि मिडियामा सलमान खानलाई बिगबोसको तेह्रौं सिजनको लागि ब्यापकर रकम अफर गरिएको खबर छ । उक्त मिडियामा सलमानले २६ एपिसोडको लागि ४ सय ३ करोड रुपैयाँ लिएको दाबी गरेको थियो । तर अहिले आएको खबरले भने उक्त मिडियाको रिपोर्टलाई गलत साबित गरिदिएको छ ।

पिंकभिल्लाले आफ्नो रिपोर्टमा सुत्रलाई उद्धृत गर्दै सलमानको पारिश्रमिकसँग जोडिएको विषयलाई प्रस्तुत गरिएको छ । जसअनुसार बिगबोसको तेह्रौं सिजन १ सय ५ दिन यानिकी १५ हप्ता चल्ने छ । गतवर्ष सलमानले प्रतिहप्ता ११ करोड लिएका थिए । उनले पुरै सिजनको १ सय ६५ करोड लिएका थिए ।

तर योपटक भने सलमानले आफ्नो पारिश्रमिक बढाएका छन् । उनले यो वर्ष आफ्नो पारिश्रमिक प्रति हप्ता १३ करोड रुपैयाँ लिने उक्त रिपोर्टमा उल्लेख गरिएको छ । यसरी हेर्दा उनलाई प्रतिएपिसोड ६ करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिने छन् । उनलाई तेह्रौं सिजन होस्ट गर्नको लागि २ सय करोड आसपास अफर गरिएको थियो ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lzAk1W
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.