भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका २ जनालाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ। अखिल क्रान्तीकारीका नेताहरु ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो। उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। थप अनुसन्धानका लागि बैतडी जिल्ला अदालतवाट १० दिनको म्याद थप गरिएको उनले बताए ।
यसैबिच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेति–महाकाली क्षेत्रीय समन्वय समितिले आपत्ती जनाएको छ। समितिका संयोजक विरेन्द्र शाहले सोमवार एक विज्ञप्ती जारी गर्दै बिना सर्त रिहाइ गर्न माग गरेका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HUPW8g via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

