Loading...
Loading...
शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो भएन : प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् ।

उनले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्‍याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र शहीद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड दिए ।

शहीद प्रतिष्ठान, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री ओलीले सो आयोगको संयोजक मैले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिएको बताए । ‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भने पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरीदारी नगरे सम्भव नहुने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी/विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31pmSO5 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.