Loading...
Loading...
एक महिना नबित्दै कार्यसम्पादन सम्झौता यता न उता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले कार्यसम्पादन सम्झौता गरेको एक महिना नबित्दै सचिव र सहसचिवहरू सरुवा गरेपछि कार्यसम्पादन सम्झौता यता न उता भएको छ ।

दुई पक्षबीच भएको कार्यसम्पादन सम्झौताको एउटा पक्ष नरहेपछि कार्यसम्पादन सम्झौता अलपत्र पर्ने स्थिति आएको हो ।

गत भदौ २ गते मन्त्रिपरिषद्को बैठकले झन्डै विभिन्न मन्त्रालयका १६ सचिव हेरफेर गरेको थियो ।

सोही क्रमलाई निरन्तरता दिँदै सरकारले यसै साता ७६ सहसचिवको सरुवा गरेको थियो । यसै गरी गृह मन्त्रालयले गत बिहीबार सहसचिवसहित ३१ जना प्रमुख जिल्ला अधिकारी हेरफर गर्यो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अझै सयांै उपसचिव सरुवा गर्ने तयारी भइरहेको छ ।

मन्त्रालयमा कर्मचारी नेतृत्व सम्हाल्ने सचिव, महाशाखा प्रमुख र विभिन्न विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका सहसचिवहरू सरुवा गरिएपछि कार्यसम्पादन करारमा प्रतिकूल असर पार्ने सरुवा भएका सचिवहरू बताउँछन् ।

कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीको रुचिका कारण ती सचिव सरुवा भएका थिए।सम्झौतामा कुन काम कहिलेसम्म गरिसक्ने, सम्बन्धित योजनामा कुन अधिकारीको के भूमिका हुने र के काम गर्ने भन्ने कुरा उल्लेख गरिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले यो समाचार लेखेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Py2tVx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.