भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताउनु भएको छ ।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान राख्नु भयो ।
बिहीबार काठमाडौंमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफूले २०, २५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको पनि स्पष्ट पार्नु भयो ।
‘प्रदेशको राजधानी हेटौडैमा हुनुपर्छ भन्ने पक्षमा आफू छैन,’ मुख्यमन्त्री पौडेलको स्पष्टिकरण पनि थियो, ‘घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो ।’ मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेको औंल्याउँदै त्यसमा छलफल गर्न आफू तयार रहेको पनि स्पष्ट पार्नु भयो । तर सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको मुख्यमन्त्री पौडेलको भनाई छ ।
मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क गर्नु भयो । उहाँले प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने पनि बताउनु भयो ।
मुख्यमन्त्री पौडेलले आफ्ना प्रदेशका सेवा प्रवाहको कामलाई राम्रोसँग सम्पन्न गर्न १५६ वटा कार्यालयलाई क्रियाशील गराइएको दावी पनि गर्नु भयो । उहाँले कृषकलाई राहत दिन सामूहिक कृषि प्रणाली कार्यक्रम सुरु गरिएको स्पष्ट पार्नु भयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को विकासका सम्भावनाका क्षेत्रहरुको पहिचान गर्ने काममा सघाउ पु¥याउन संचारकर्मीहरुलाई पटक–पटक आग्रह गर्नु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KCvc5D via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

