भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रमअन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हो । लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालीन कानुन अनुकूल रहेकाले रद्द गर्नु नपर्ने जिकिर गरे ।
‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालीन स्थितिमा समावेशी छ,’ उनले भने, ‘लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालीन कानुनी व्यवस्था अनुकूल भएकाले रद्द गरिहनुपर्ने आवश्यकता छैन ।’
अर्को प्रसंगमा मन्त्री पण्डितले टे«ड युनियन आवश्यक भए पनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको बताए । साथै, समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल खस्कन नदिने प्रतिवद्धता व्यक्त गरें । उले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराइएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Mq1x33 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

