भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । विश्वविद्यालयलाई तिर्नुपर्ने जरीवाना रकम मिलाइदिने भन्दै घुस लिने पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरका मुख्य अधिकृत गिरिराज कोइरालाको मुद्दा अदालतमा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरिएको हो। काठमाडौंस्थित कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै घुस रकम मागेको भन्ने सूचनाको आधारमा अख्तियारको कार्यालय टंगालबाट गएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर अनुसन्धान गर्दा विश्वविद्यालयलाई जरीवानस्वरूप तिर्नु, बुझाउनु पर्ने रकमलाई मिलाइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग ६ लाख ७५ हजार रुपैयाँ घुस रकम लिएको पुष्टि भएको अख्तियारको दाबी छ। अख्तियारले कोइरालाविरुद्ध ६ लाख ७५ हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजायको माग दाबी गरेको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। आइतबार नै जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध पनि अदालतमा आरोपपत्र दायर भएको छ। अमात्यलेले आइइई प्रवितेदन स्वीकृत गरिदिएवापत सेवाग्राहीसँग ५० हजार घुस लिएको अख्तियारको दाबी छ। यस्तैगरी जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा महतोले पुरानो मुद्दाको पेसी चढाउने भनी सेवाग्राहीसँग १० हजार घुस लिएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZreL1m via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

