भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२० साउन, एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा अहिले आलिशान जीवन विताउँछन् । अहिले आलिशान जीवन बिताउने कपिल शर्माको शुरुवाती दिनहरु भने अभावमा नै बिताए । बुवाको प्रहरीको नोकरी भएता पनि उनले लामो समय बुवाको अभिभावकत्व पाउन सकेनन् ।
अहिले महिनाको करोडौं कमाउने कपिल शर्माको शुरुवाती तलब कति थियो त ? यो सबैको चासोको विषय हुनसक्छ । गत हप्ता सोनाक्षी सिंहा आफ्नो चलचित्र ‘शफाखाना’को प्रोमोसनमा आउँदा कपिलले आफ्नै शोमा पहिलो पारिश्रमिकको खुलासा गरेका हुन् । एक प्रिन्टिङ मिलमा काम गरेको प्रसङ्ग सम्झँदै कपिलले आफ्नो पहिलो परिश्रमिक १५ सय रुपैयाँ रहेको बताएका हुन् ।
शोको दौरान बलिउड ¥यापर बादशाहले पनि आफ्नो पहिलो पारिश्रमिकको खुलासा गरेका छन् । उनले आफ्नो पहिलो पारिश्रमिक ३ सय रुपैयाँ भएको बताए । शिल्पी दासगुप्ताको निर्देशनमा बनेको ‘खानदानी शफाखानी’मा बादशाहले पहिलोपटक कलाकारको रुपमा अभिनय गरेका छन् । २ अगस्टबाट रिलिज भएको फिल्मले दुई दिनमा १ करोड ७० लाखको मात्र कमाई गरेको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2YRvkaU
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

