Loading...
Loading...
सुमार्गीको ‘हेल्लो नेपाल’को लाइसेन्स खारेज
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल दूर सञ्‍चार प्राधिकरणलाई बक्यौता बापतको नवीकरण दस्तुर नबुझाएपछि व्यवसायी अजयराज सुमार्गीको स्वमित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ ।

बक्यौताबापतको करिब ८० करोड रुपैयाँ नबुझाएपछि प्राधिकरणले अनुमतिपत्र खारेज गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

‘आइतबार बसेको प्राधिकरण बोर्ड बैठक व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालको लाइसेन्स खारेज गरेको छ,’ उनले भने, ‘तीन महिनाको समयसीमामा करिब ८० करोड रकम नबुझाएपछि स्वतः खारेज भएको हो ।’

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बुझाउन जेठ मसान्तसम्‍म अन्तिम समयसीमा दिइएको थियो । त्यसपछि पुनः समय सारेर भदौ १ गतेसम्‍म तोकिएको थियो । तर, उक्त समयसीमा नाघेपछि हेल्लो नेपालको लाइसेन्स स्वतः खारेजीमा परेको हो ।

नेपाल स्याटेलाइट टेलिकम ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी २०६४ फगुनमा लाइसेन्स पाएको थियो । उक्त टेलिकमले मध्य तथा सुदूरपश्चिममा सेवा दिइरहेको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Hfayrw via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.