भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

रुकुम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिका–२ का ४८ वर्षीय बोहरालाई मङ्गलबार राति १० बजे वडा नं ६ मुरुबाट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय सदस्य बोहरासँगै सो समूहका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विद्यार्थी सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिका–२ का १९ वर्षीय प्रेमप्रशान्त बोहरा र रुकुमपूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक आठबीसकोट नगरपालिका–११ का १८ वर्षीय हरि पुन रहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
सो क्रममा मुरुमा सो समूहका नेता तथा कार्यकर्ता जम्मा भएर मङ्गलबार राति शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका अवस्थामा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Kmsp1z via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

