भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्कन्छ कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । उनले निरंकुश शासन आउन नसक्ने बताउँदै सचेत भने रहनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप खाडादेवीले मंगलबार राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपालले वंशको शासन अब कसैले पनि नस्वीकार्ने स्पष्ट पारे । उनले पूर्वराजा ज्ञानेन्द्रतर्फ इंगित गर्दै राजनीति गर्ने भए पार्टी खडा गरेर आउन चुनोती समेत दिए । देशलाई अघि बढाउनुपर्ने जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा आएको उनले बताए । कमिकमजोरी सुधारेर राम्रो काम कसरी गर्ने भन्नेमा सामाजिक चेतना फैलाउनुपर्नेमा उनले जोड दिए । कम्युनिष्ट कार्यकर्तामा वैचारिक र व्यवहारिक प्रशिक्षण आवश्यक रहेको उनले बताए । उनले भने ‘सपना देख्ने काम धेरै भयो । तर, विपनामा थोरै मात्र काम भयो भन्ने पनि होला । तर, कामै नभएको भने होइन ।’ कार्यक्रममा नेपालले कांग्रेस परित्याग गरी नेकपा प्रवेश गर्ने खाडादेवीका स्थानीय नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए । शिक्षक संघ क्षेत्रीय सचिब एवं वुद्धभवानी माविका प्रअ रामचन्द्र खत्रीसहित स्थानीय कार्यकर्ता सन्तोस खत्री, रामहरी खत्री, श्याम लामा, रामबहादुर बुढाथोकी, सहदेब बुढाथोकी, शिबराज खत्री, गोपाल श्रेष्ठ, ध्रुव श्रेष्ठ, चित्रबहादुर बस्नेत, सुस्मिता बस्नेत, गणेश श्रेष्ठ, सन्जिप मानन्धर, रवि कार्की, दलबहादुर तामाङ, लोकबहादुर घिसिङ, किशोर नेपाली, औलाथ तामाङ, हरिचन्द्र पौडेल, बिमल घिसिङ, नबराज तामाङ, दयाराज तामाङ, राजेन्द्र श्रेष्ठलगायत नेकपा प्रवेश गरेका थिए । कार्यक्रममा प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले विकास निर्माणका क्षेत्रमा भएका कामबारे जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेकपा रामेछापका इन्चार्ज देवशंकर पौडेल, जिल्ला अध्यक्ष मैनकुमार मोक्तानलगायतले धारणा राखेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZF5P9E via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

