भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने मनसायले १५ असारमा आफ्ना सबै मन्त्रीहरुसँग लिखित रुपमा एक वर्षे कार्यसम्पादन संझौता गरे । प्रधानमन्त्रीसँग एकवर्षे लिखित संझौता गरेका मन्त्रीहरुले कतिपयले त्यसै दिन र कसैले एक साता अघि आफ्ना सचिवहरुसँग सोही प्रकृतिको कार्यसम्पादन संझौता गरे ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ढिला गरी २९ साउनमा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग कार्य सम्पादन संझौता गरिन् । तर, सोमबार बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मैनालीको महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गर्यो ।
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ अभ्यासको रुपमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग र सचिवहरुले मातहतका कर्मचारी हुँदै तल्लो तहसम्म कार्य सम्पादन संझौता गरेको केहीं दिनमै सरकारले १६ जना सचिवको सरुवा गरेको छ ।
सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेको छ भने महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्य गौतमलाई भूमि व्यवस्था मन्त्रालय पुगेका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र सो मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।
यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा र विक्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयहमा सरुवा भएका छन् ।
राष्ट्रिय सर्तकता केन्द्रका सचिव माधव बेलवासेलाई खानेपानी मन्त्रालयमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको
छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयका सचिव खगराज बराल स्वास्थ्य मन्त्रालय सरुवा भएका छन् ।
श्रम मन्त्रालयका सचिव महेश दाहाल शिक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसी श्रम मन्त्रालयमा सरुवा भएका छन् ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव डा. हरि पौडे राष्ट्रपतिको कार्यालय र लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।
प्रदेश ३ को प्रमुख सचिव रहेका आनन्द ढकाललाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ भने प्रदेश ५ को प्रमुख सचिवका रुपमा रहेका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/30qDODk via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

