भन्सार छलेर ल्याएको सामान छुटाइदिने भन्दै बार्गेनिङ गर्ने प्रहरीसहित ३ पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले भन्सार छलेर ल्याएको सामान छुटाइदिने भन्दै बार्गेनिङ गर्ने प्रहरीलाई पक्राउ गरेको छ ।
डयुटीमा खटिएका प्रहरी हवल्दार अशोककुमार यादवले सिरहा नगरपालिका ७ स्थित ट्राफिक चोकबाट भन्सार छलेर ल्याएको सामान छुटाइदिने भनी बार्गेनिङ गरिरहँदा पक्राउ परेका हुन् ।उनको साथै भन्सार छली गरी सामान भित्र्याउने गोलबजार नगरपालिका ४ की रंजीता साह र विष्णपुर गाउँपालिका ३ का शिवशंकर साहलाई समेत पक्राउ गरिएको छ।
साहद्वयले भन्सार छलेर ल्याउँदै गरेको सामान भएको गाडीलाई प्रहरी हवल्दार यादवले रोकी पैसा दिए मात्र सामान छाड्ने भनी बार्गेनिङ गरिरहँदा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका सामानधनीहरुलाई आवश्यक कर तिर्न लगाइएको छ भने प्रहरी हवल्दार यादवलाई आन्तरिक कारवाहीको तयारी गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Kiis6E via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

