भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

चितवन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे दुर्भाग्य हुने चेतावनी दिएका छन् । उनले सहमति र एकताको आधारबाट कोही पनि विचलित हुन नहुने बताए ।
गृह जिल्ला चितवनमा नेकपाको जिल्ला समितिको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सोमबार संबोधन गर्दै अध्यक्ष प्रचण्डले एकताको दस्तावेजबाट पछि हटे दुर्भाग्य हुने चेतावनी दिएका हुन् । उनले पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको सम्भव भएको बताए । ‘गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन्’, उनले भने, ‘जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको हो । पार्टी एकता असाधारण काम थियो । तर जनताको दबाबले सम्भव भएको हो ।’
अध्यक्ष प्रचण्डले निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको बताए । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए ।
पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । उनले केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम टुंगाएर पार्टी एकताका सबै कामलाई सम्पन्न गर्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FtRbdk via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

