भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद वैचारिक आवरणमा चर्किन थालेको छ । नौ सदस्यीय सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम राजनीतिक कार्यदिशा परिमार्जनका लागि प्रस्ताव गरेपछि बैठक नै अनिश्चित बनेको छ ।
राजनीतिक प्रतिवेदनमा उल्लेख भएको तत्कालीन नेकपा ९माओवादी०को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलनत गर्न महत्त्वपूर्ण भूमिका खेल्यो । यसरी प्रतिक्रियावादी सामन्ती राज्य व्यवस्थालाई कमजोर पार्दै, लोकतन्त्रको स्थापना र पुँजीको विकास गर्दै, समाजवादतर्फ उन्मुख हुने अवथा सिर्जना गर्नुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार तयार भयो ।ु भन्ने शब्दमा ओलीले परिमार्जन खोजेका छन् ।
त्यस्तै, राजनीतिक कार्यदिशामा ुजबजु र २१औं शताब्दीको जनवादुसम्बन्धी विषयमा समेत ओलीले परिमार्जन चाहेका छन् । प्रतिवेदनमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने कुरा पनि उल्लेख गरिएको छ । ओली ुजबजु र २१औं शताब्दीको जनवादुको विकल्पको रुपमा ुजनताको जनवादु नभएर जबजलाई नै स्थापित गर्ने उद्देश्यले बैठकमा प्रस्तुत भएका स्रोतको दावी छ । प्रतिवेदनमा तत्कालिन नेकपा माओवादीले गरेको जनयुद्धलाई निकै महत्व दिइएकाले ओलीले त्यसमा समेत असन्तुष्टि जनाएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xd2Etn via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

