राष्ट्रियसभामा बजेटमाथिको बाँकी छलफल जेठ २७ मा बस्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफल जारी रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले यही जेठ २३ गतेसम्म सामान्य छलफल हुने भनिए तापनि २३ गतेको बैठक २७ गते बस्ने जानकारी दिनुभयो । बजेटमाथिको सामान्य छलफल आजदेखि तीन दिनसम्म चल्ने भनिएको थियो । बजेटमाथिको छलफलमा सांसद कोमल ओलीले बजेट जनचाहनाको दस्तावेजका रुपमा आएको र यो न्यायसहितको विकासको स्पष्ट रुपरेखा भएको बताउनुभयो ।
उहाँले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा ध्यान दिनु बजेटको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । सांसद सुमनराज प्याकुरेलले बजेटमा ज्येष्ठ नागरिकलाई केन्द्रमा राख्नु स्वागतयोग्य भएको र समाजका सबै वर्ग र समुदायकलाई समेटेको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HVdev0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

