Loading...
Loading...
नेपाल प्रहरी जताततै आलोचित : पैसा दिए जेपनि छुट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पवित्र शर्मा

काठमाडौं । नेपाल प्रहरी र नेपाल प्रहरीसंग सम्बन्धित निकायहरुको मनपरी नियम र नियत यतिबेला छताछुल्ल बनेको छ ।
पछिल्लो सिटमा बस्नेले अनिवार्य हेलमेट लगाउनु पर्ने नियम लाद्न खोजेसंगै सिंगो प्रहरी संगठन यतिबेला बदनाम बन्न पुगेको छ, प्रहरी संगठनको कूकृत्य यतिबेला एकाएक बाहिरिने क्रम बढ्न थालेको छ ।
नेपाल प्रहरी र प्रहरीसंग सम्बन्धित निकायहरुको मनपरी यतिबेला छताछुल्ल मात्र बनेको छैन् । प्रहरीले कसरी आम सर्वसाधारण लुटि रहको छ भन्ने कुराको समेत पर्दाफास हुने क्रम बढ्दै गएको छ ।
नेपाल सरकारको नियमानुसार अवैध यौन व्यवसाय नेपालको सन्दर्भमा बर्जित छ, हो त्यही धन्दा नेपाल प्रहरीको महानगरिय आयुक्तको कम्पाण्ड हाता छेउमा नै संचालनमा छ तर कारवाही गर्न नेपाल प्रहरी निरिह बनेको आम सर्वसाधारणले देख्दै र भोग्दै आएको छन् ।
हो, नियम सबैले मान्नु पर्छ, तर के यौन व्यवसायीहरुको लागि महानगरिय आयुक्तको गेट चाही सुरक्षित स्थान हो र ? आम सर्वसारधाणले उठाउँदै आएको प्रश्न हुन यी । नेपाल प्रहरीका काला कर्तुतहरु सार्वजनिक हुँदै आएका छन् । तथापि प्रहरी प्रशासन यतिसम्म घृणित र अवैध आम्दानीको स्रोतको पछि डगुरेको पाइएको छ की त्यो भोलीका दिनमा उसैमा घातक बन्दै जादै गरेको फेला परेको छ ।
नेपाल प्रहरीका धेरैवटा प्रहरी कार्यालयका भवनहरु दर्ता र स्थानीय तहको स्वीकृत बेगर नै खडा गरिएको पनि फेला परेको छ । के प्रहरी प्रशासनले चाँही आफ्नो भवन मनखुसी निर्माण गर्न पाउने हो र ? के उसलाई चाही स्थानीय नियमानुसार भवन निर्माणको स्वीकृत लिने र कर बुझाउन नपर्ने हो र ? अरुको गल्तिलाई देख्दै कारवाही गर्नै निकाय आफै अवैध रुपमा कार्यालय स्थापना गरेको छ भन्ने तथ्य सार्वजनिक भएको खण्डमा आम सर्वसाधारणले के सोच्लान यतिसम्म हेक्का छैन् नेपाल प्रहरीलाई ।
नेपाल प्रहरी यतिसम्म बेकम्मा र नियम विपरित आफ्नोृ कार्यालय स्थापना गर्नेदेनि अवैध धन्दालाई संरक्षण गर्दै हप्ता अशुलीमा सक्रिय रहेको छ भन्ने कुरा सार्वजनिक हुँदा के हालत हुन्छ नेपाल प्रहरीको यो विषयमा खोई प्रहरीका नेतृत्व वर्गले सोचेको ? नेपाल प्रहरी अरुलाई नियमको पालना सिकाउन सिर ठाडो कुन आधारले गरिरहेको छ ? यो प्रश्न बौद्धिक विष्लेशकहरुको धारणा छ ।
नेपाल प्रहरीको अवैध कृयाकलाप मध्ये दर्ता विहिनको भवनमा कार्यालय स्थापान गरेको, लेन एक दुई स्थानमा बनाएको भरमा लेन अनुसासनको कारवाही गरेको, (के लेन सवै स्थानमा छन् ?) एक स्थानमा लेन अनुशाननको कारवाहीको ध्वांग फुक्न पछि पदैन नेपाल प्रहरी, प्रहरीको यो कस्तो नैतिक्ता हो ? कहाँ छ लेनको स्पष्ट डोरा ? आम सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन् ।

त्यसैगरि यौन व्यवसायको लागि नेपालको कनुनले बर्जित गरेको भएतापनि नेपालको सन्दर्भमा कुन स्थान र कहाँ छैन् यौन व्यवसाय खुलमखुल्ला ? अवैध र खुल्ला मदिराको कारोवार निषेध गरिएको छ, कानुनत नेपालमा तर प्रहरी प्रशासन हप्ता अशुली गर्दै त्यस्तो अवैध मदिराको कारोवार गर्न खुलेआम दिँदै आएको फेला परेको छ, के प्रहरीलाई नियम मिचेको पनि र नियम विपरित कारोवार गर्न पनि पैसा दिए पुग्ने हो ? खोई त कारवाही गर्न सकेको ?
नेपाल प्रहरी पैसाको लागि यतिसम्म गिर्छ र अवैध धन्दा गर्नेहरुसंग पैसा लिएको भरमा खुलेआम लुट मच्चाउन दिन्छ भन्ने कुरा आम सर्वसाधारणलाई थाहा छ । यधपि आम सर्वसाधारण्लाई कानुनको परिपालनाको पाठ सिकाउने निकाय नै यतिबेला जे गर जसो गर पैसा बुझाउ भन्ने धेयमा लागि रह्यो भने भोली सिंगो प्रहरी संगठन बद्नाम नहोला भन्न सकिन्न् ।
हप्ता अशुली
अवैध घरेलु मदिराको कारोवारीका साथै अवैध रुपमा यौन व्यवसायीक अखडा र जुवा अखडाबाट हप्ता अशुलीमा नेपाल प्रहरीका स्थानिय कार्यालयहरु सक्रिय रहेको फेला परेको छ ।
त्यसैगरि अवैध रुपमा नेपाल प्रहरीको बग्गीखानाले यातायात व्यवसायीक संगठनहरुबाट हप्ता अशुली गर्दै आएको फेला परेको छ । पुष्टिको निम्ति प्रहरीका चोक चोकमा बस्ने प्रहरीदेखि कार्यालय र बग्गी खानाले समेत जारकी पानी र ट्यांकरबाट ओसार पसार हुने पानी अवैध रुपमा निशुल्क खाने गर्नुले पनि उनीहरुको कर्तुत छताछुल्ल हुन्छ ।
यस्तै अवैध रुपमा संचालनमा रहेको जुवा अखडा र यौन अखडा संचालनमा प्रहरीको निगरानी नहुनु र कारवाही नहुनुले पनि उनिहरुको चरित्र उदांगो हुने गरेको छ ।
नेपालको दुर्गममा अवैध घरेलु मदिरा नष्ट हुने र नेपाल प्रहरीको संगठनको नाकैमुनि खुलेआम कारोवार हुनुले पनि प्रहरीको नैतिक इमान्दारिता छताछुल्ल हुँदै आएको पाइएको छ ।
यि र यस्ता कृयाकलापबाट के कुराको स्पष्ट हुन्छ भने नेपाल प्रहरीको संगठनमा सक्रिय रहेको प्रहरीहरु कसरी हुन्छ अवैध आम्दानीको स्रोेतको खोजीमा सक्रिय रहने गरेको र आम सर्वसाधारणको सुरक्षा आफ्नो संगठन र कार्यालय प्रमुखको आम्दानीको स्रोत बढाउन मात्र उद्दत रहेको पुष्टि मिलेको छ । नेपाल प्रहरीको कारवाहीको प्रकोष्ट हेरेर र त्यसलाई कार्यान्वयन गरेको पक्षलाई हेरेर नै आम सर्वसाधारण सचेत हुने हो त्यो भने नेपाल प्रहरीले आजसम्म पनि गर्न नसकेको प्रष्ट छ । आम सर्वसाधारणहरुको धारणा प्रहरी संगठनमा सुधारका निम्ति यस्ता धेरै कुरामा परिवर्तन ल्याउनु जरुरी छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VQrn0A via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.