भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । बालुवाटारमा व्यक्तिको नाममा दर्ता भएको ललिता निवासको अधिकांश जग्गा बैंकमा धितो राखेर २ अर्ब ६४ करोड रुपैयाँ ऋण लिएको पाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ती जग्गा अधिकांश बैंकमा धितो राखेको पाइएको बताएकी हुन् ।
आइतबार मन्त्रालयमै पत्रकारहरुसँगको अन्तर्क्रियामा मन्त्री अर्यालले भनिन् ‘अध्ययन गरेका अधिकांश जग्गा बैंकमा राखिएको छ । हामीले खारेज गर्ने भनेका प्राय सबै छन् । ती जग्गा राखेर दुई अर्ब ६४ करोड ७४ लाख लोन लिएको पाइएको छ ।’
यस्ता जग्गा ४५० कित्ता रोक्का गरिएको मन्त्री अर्यालले बताइन् । ‘४५० कित्ता जग्गा रोक्का गरिएको छ, अझै १७र१८ कित्ता पत्ता लगाउनै बाँकी छ ।’ उनले भनिन् ।
ती जग्गा व्यक्तिको नामबाट खारेज गर्नेबारे सोमबारसम्म निर्णय आउने पनि उनले बताइन । ‘खारेज गर्नेबारे भोलिसम्ममा निर्णय गर्नेगरी काम गर्न भनेको छु । आज रिपोर्ट हेरिसकेको छैन’ उनले बताइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vg47h5 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

