Loading...
Loading...
प्रधानमन्त्रीको कार्यकाल बाँड्ने गोप्य सहमति बाहिरिएपछि सूर्य थापाले दाहाल पक्षलाई देखाए हैसियत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । तत्कालीन एमाले र मोआवादी केन्द्रबीच भएको पावर शेयरिंग सम्बन्धि गोप्य सहमति बाहिरिएपछि उत्पन्न राजनीतिक तरंग दिल्लीसम्म पुग्यो । किनकी प्रधानमन्त्री केपी ओली भारतमै रहेका बेला काठमाडौंमा उनको पदावधि अब करिब १५ महिनामात्र बाँकी रहेको सहमतिको दस्तावेज बाहिरिएको थियो ।

प्रधानमन्त्री देशमा नभएको बेला बाहिरिएको सो दस्तावेजले सत्तारुढ दल नेकपामा भूकम्प नै ल्याइदिएको छ । यद्यपी सो सहमतिबारे नेताहरु जानकार थिए । कार्यकर्ता र जनतालाईमात्र गुमराहमा राखेर गोप्य भनिएको थियो । बेला बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सांकेतिकरुपमा सो विषयमा उठाउने गरेका थिए भने प्रधानमन्त्री तथा केपी ओली पाँच वर्षसम्म आफै प्रधानमन्त्री हुने बताउँथे । सँयुक्त राष्ट्र संघको महासभाबाट स्वदेश फर्किनेक्रममा प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सरकारको पदावधि पाँच वर्षको भएको बताएका थिए ।

तर, एकाएक दाहालले टेलिभिजन अन्तर्वार्तामा सो खुलासा गरे भने दाहाल निकट पत्रकार शुभशंकर कँडेलेको पुस्तकमा पावर शेयरिंग सम्बन्धि सो सहमतिको दस्तावेज सार्वजनिक गरिदिए ।

यो कुरा सार्वजनिक भएपछि शुक्रबार नेकपा केन्द्रीय सदस्य यूर्य थापाले तत्कालीन मोआवादीको हैसियत देखाउने एक स्टाटस लेखे फेसबुकमा । उनले लेखेका छन्, ‘गत निर्वाचनमा पूर्ववर्ती एमालेको ७१५ र माओवादीकेन्द्रको २९५ मत हो । नेकपामा यही आधारमा हिस्सा निर्धारण गर्नु न्यायसंगत हुन्छ १११’ थापाको यो स्टाटसमा पक्ष र विपक्षमा कमेन्टहरु आएका छन् ।

उता दाहालको निजी सचिवालयमा रहेका लेखक दिल निसानी मगरले पनि थापालाई सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘प्रचण्ड प्रधानमन्त्री नभएर के पशुपतीनाथको पुजारी हुने तरु हरे राम हरे शिव भन्दै भजन गाएर दिन बिताउने त रु’

मगरको स्टाटसमा पनि पक्ष र विपक्षमा कमेन्टहरु गरिएका छन् । यहीबीचमा शुक्रबार भारतबाट स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन् । उनले पत्रकारलाई प्रक्रिया नदिएको विषयलाई पनि यही तरंगित राजनीतिसँग जोडेर हेरिएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JP34hS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.