भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । काठमाडौँको मध्यसहर भएर बग्ने टुकुचा खोलाको जमिन कित्ताकाट गरेर ब्यापारीक प्रयोजनका लागि बेचिएको छ । कुनै बेला खोला बग्ने जमिनमा अहिले ठुलठुला भवन ठडिएका छन् । बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोला गायब पारिएको छ । करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको देखिएपछि महानगरपालिकाले खोजि सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।
काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको देखिएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिको नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।
बुढानीलकण्ठ हुँदै बगेर आएको टुकुचा खोला नारायणहिटी दरबार परिसर पूर्व–दक्षिण मोहडास्थित बाँसको झाङसम्म सतहमा देखिन्छ । त्यसपछि तल आउँदा गायब भएको खोला एकैपटक काठमाडौं प्लाजा पछाडितर्फको सतहमा बगेको देखिन्छ । उक्त जग्गामा अहिले लक्ष्मी बैंकको प्रधान कार्यालय छ । जय नेपाल हलको पार्किङ क्षेत्र पनि मिचिएको सोही जग्गामा पर्छ । सिद्धार्थ बैंकको कार्यालय रहेको भवन पनि मिचिएको सोही जग्गामा बनेको छ । एसबिएल डेभलपर्सले मिचिएको सोही जग्गामा पक्की भवन बनाई व्यापारिक प्रयोजनमा लगाएको छ ।
ओमकारशमशेर जबरा, महेन्द्रराज वैद्य तथा गौरी श्रेष्ठले पनि मिचिएको सोही जग्गा वर्षांदेखि निर्बाध रूपमा भोगचलन गर्दै आएका छन् । त्यसबाहेक ट्राभल एन्ड टुरिजमसम्बन्धी कार्यालय रहेको भवन, रेस्टुरेन्ट, कफी सपदेखि सवारीसाधन पार्किङ क्षेत्र मिचिएकै जग्गामा निर्माण गरिएका छन् । प्राधिकरणका अनुसार टुकुचा अहिले पनि जय नेपाल हलको ठीक मुनिबाट, गल्फ ट्राभलको छेउ हुँदै लक्ष्मी बैंक, साख हाउस, सिद्धार्थ बैंक रहेको भवन लगायतस्थानबाट भूमिगत रूपमा बगेको छ ।
काठमाडौं महानगरपालिकाले खोलाको गायब जग्गा दोस्रोपटक खोज्न सुरु गरेको छ । यसअघि महानगरपालिकाले २४ जेठ ०६६ मा गायब जग्गा खोजी गरेको थियो । तर, त्यसको परिणाम भने प्राप्त हुन सकेन । गत २९ चैतमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्र लेख्दै महानगरपालिकाले जग्गाको पुनः खोजी सुरु गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GWiKgx via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

