भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई विभूषित गर्ने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो।
विप्लव समूहका प्रवक्ता विश्वकर्मा, नेता सन्तोषकुमार बुढा मगर र नेतृ उमा भुजेललाई सरकारले विभूषित गर्न लागेको हो। गृहमन्त्रालयले तयार गरेको संविधानसभा पदकबाट विभूषित हुने सुचिमा उनीहरुको नाम उल्लेख छ।
गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ । संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्याए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालय स्रोले जनाएको छ । मन्त्रालयले तयार पारेको सुचीमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रो नम्बरमा प्रधानमन्त्री केपी ओली, तेस्रो नम्बरमा सभामुख कृष्ण बहादुर महरा लगायत रहेका छन् । सरकारले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई सविधानसभा पदकले सम्मान गर्न लागेको हो । प्रत्यक्ष र समानुपातिक गरी कुल ११ सय ९ जनालाई सम्मान गर्न लागेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2X8Uf5F via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

