Loading...
Loading...
प्रदेश नम्बर २ मा सार्वजनिक विदाको घोषणा, राष्ट्रपति जनकपुर जाँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

जनकपुर । केहि वर्षदेखि निरन्तरता पाइरहेको जानकी नवमी यस वर्ष भने जनकपुरमा विशेष रुपमा मनाइदैँछ । सीताको जन्मदेखि न्वारनसम्म सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै जानकी नवमी मनाउन थालिएको हो ।

किम्वदन्तीअनुसार राजा जनककी छोरी सीतालाई जानकी पनि भन्ने गरिन्छ । जानकी मन्दिरमा विशेष कार्यक्रम आयोजना गरी वैशाख २२ गते देखिनै जानकी महोत्सवलाई विशेष उत्सवको रुपमा मनाउन सुरु गरिसकिएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदाको घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले वैशाख ३० गते सार्वजनिक विदाको घोषणा गरेका हुन् । जानकी मन्दिरमा १५ दिन जानकी नवमी मनाइने गरिन्छ ।

मुख्यमन्त्री राउत गद्दीले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा जनकपुरधामसहित आसपासका क्षेत्रमा मनाईने जानकी नवमी एवं जन्म महामहोत्सव धुमधामका साथ मनाउन अपिल गरेका छन् ।

यसैगरी ३१ गते विद्वत गोष्ठि तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या, वैवाहिक मटकोर समारोह आयोजना गरिने भएको छ । जेष्ठ १ गते रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला सांस्कृतिक बिवाह महोत्सव, २ गते मिथिला चित्रकला प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम ३ गते गरिब तथा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ ४ गते जानकी मन्दिरको गर्भगृहमा जानकी जन्म छठिहार समारोह पश्चात विधिवत रुपमा जानकी महामहोत्सव सम्पन्न हुने सहमहन्त रामरोशन दाव वैष्णवले जानकारी दिए ।

त्यस्तै, सोमवार जानकी नवमी दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी जादै छिन् । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले राष्ट्रपति भण्डारी जानकी नवमीमा दर्शन गर्न आउने पुष्टि गरेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VljTCq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.