भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बलिउडका तीन खान बीच केही पाक्दै छ। बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान, र आमिर खान हालै शाहरुखको बान्ड्रा ब्याण्डस्ट्याण्ड स्थित घरमा भेला भएका थिए। आफ्ना पछिल्ला फिल्मको असफलता पश्चात तीन खान आफ्ना करिअरको बारेमा छलफल गर्न जुटेको खबर छ। साँझपख सुरु भएको भेटघाट राती ८ बजेसम्म चलेको थियो।
सलमान खान पछिल्लो पटक ‘रेस ३’ मा देखिएका थिए, फिल्मले बलिउड बक्स अफिसमा कुनै छाप छोड्न सकेन। त्यस्तै शाहरुखको पछिल्लो फिल्म ‘जिरो’ले कुनै तहल्का पिट्न सकेन। ओपनिङमा राम्रो गरेको आमिर खानको पछिल्लो फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्सअफिसमा निराशामात्र थप्यो।
सलमानको अब ‘भारत’ नामक फिल्म आउँदैछ। साथै उनी दबङ्गको तेस्रो भागको लागि काम गर्दैछन्। हलिउड नायक टम ह्याङ्क्सको सन् १९९४ को चर्चित फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी संस्करण ‘लाल सिंह चड्ढा’को काम सुरु भएको छ। फिल्ममा आमिर खानको मूख्य भूमिका हुनेछ।
शाहरुख खानले बलिउडमा अर्को प्रोटेक्ट सुरु गरिसकेका छैनन्। तमिल निर्देशक एटलीको ‘थलाप्याथी ६३’ मा शाहरुखलाई चाडै देख्न सकिनेछ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2W7LeJi
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

