Loading...
Loading...
छानबिन होला : मेडिसिटी हस्पिटल र ग्रान्डी हस्पिटलद्वारा सरकारी जग्गा अतिक्रमण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । ललिता निवास बालुवाटारको सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिको नाममा दर्ता भएको खुलासा भइसकेको छ ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले दिएको दिएको प्रतिवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास र राष्ट्रबैंकसँगै जोडिएको जग्गा अतिक्रमण गर्ने र गैरकानुनी रुपमा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका दोषी कार्यालय प्रमुखदेखि संलग्न कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०बाट कारबाही गर्नुपर्ने उल्लेख छ ।
सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूचीमा ठूला अस्पताल र अपार्टमेन्ट पनि छन् । काठमाडौँको टोखामा रहेको ग्रान्डी इन्टरनेशलन हस्पिटल र ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले नदीको जग्गा नै मिचेका छन् ।
ललितपुरको हात्तीवनचोकस्थित गणेश अग्रवालको मेरो सिटीले सार्वजनिक खोला नै मिचेर अपार्टमेन्ट बनाएको छ । मेरो सिटी अपार्टमेन्टले खोला मिचे पनि त्यो अपार्टमेन्ट निर्माण भई प्रयोग गर्न राज्यका निकायले छुट दिएका छन् । काठमाडौं उपत्यकाका अरु अपार्टमेन्टले पनि सरकारी जग्गा अतिक्रमण गरेका छन् । टोखाको ग्रान्डी अस्पतालले बिष्णुमती खोलाको करिब १७ रोपनी जग्गा अतिक्रमण गरेको छ । खोला र बाटोसमेत ग्रान्डी अस्पतालले अतिक्रमण गरेको छ । ग्रान्डीका संचालक दीपक कुँवरले बिष्णुमती नदीकै जग्गा मिचेर अस्पताल भवन बनाउन थालेपछि स्थानीयले बिरोध पनि गरेका थिए । मिडियामा समाचार पनि आयो । तर नेपाली कांग्रेसका नेता दीपक गिरी, त्यस क्षेत्रका तत्कालीन सांसद नरहरि आचार्य, हालका सांसद तथा नेकपाका नेतालाई प्रभावमा पारी उक्त अतिक्रमण गरेको जग्गाको हालसाविक ९अद्यावधिक० गरेको थियो ।
नदी नै मिचेर अस्पताल बनाएकोबारेमा बिरोध गर्ने स्थानीयलाई दीपक कुँवरले गुण्डा लगाएर कुटपिट गर्नेदेखि प्रहरी प्रशासन लगाएर दुःख दिएका थिए । दीपक कँुवरले १७ रोपनी सरकारी जग्गा मिचेर अस्पताल र ग्रान्डी भिल्ला बनाएको कुरा गुपचुप राख्नका लागि त्यतिबेलाका मुख्य तीन राजनीतिक दलका नेताहरुलाई ग्रान्डी भिल्लाका तीन वटा घर नै उपहार दिएको समाचार स्रोत बताउँछ ।

मेडिसिटीले नख्खु खोला मिच्यो

मेडिसिटी अस्पतालले पनि सार्वजनिक जग्गा मिचेको छ । नख्खुखोलाको करिब ५ रोपनी जग्गा अस्पतालले अतिक्रमण गरेको छ । खोला र बाटोको जग्गा अतिक्रमण गरिसकेपछि उक्त जग्गा हालसाविक गर्नका लागि ललितपुर नापी कार्यालय र मालपोत कार्यालयका प्रमुखलाई ३ करोड रुपैयाँसम्म घुस प्रस्ताव गर्दैैआएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झा हुँदा नै उक्त जग्गा हालसाविक गर्ने गरी सर्भेक्षक शुभकान्त झाले घुसको डिल भएको थियो । झाले ललितपुर नापी कार्यालयका तत्कालीन नापी अधिकृत तोत्रबहादुर कार्कीलाई उक्त जग्गाको हालसाविक गर्न परिचालन गरेका थिए । कार्कीले हालसाविक गर्न अन्तिम कसरत गरे पनि बीचमै उनी अवकाश भएका थिए ।
त्यसपछि जागिर नै जाने डरले हालसाविक हुन नसकिरहेको बेला वर्तमान नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई घुसदेखि सरुवा रोकी थमौती गरिदिने प्रस्ताव मेडिसिटीका मालिक उपेन्द्र महतोले दिएको स्रोतले बताएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुको सरुवा गर्ने घोषणा गरिसकेको छ ।
ललितपुर नापी कार्यालयका प्रमुख जोशी सरुवा रोक्ने सर्तमा मेडिसिटी अस्पतालले मिचेको नख्खुखोलाको जग्गा नै हालसाविक गर्न पनि तयार भएका छन् । घुस पनि आर्कषक आउने र सरुवा पनि नहुने भएपछि उनी हालसाविक गर्न तयार भएको स्रोतले बताएको छ । मेडिसिटी अस्पतालले राजकुलो नै मिचेको छ ।
साविक नक्सामा राजकुलो जनिएको ठाउँमा मेडिसिटी अस्पतालको मुख्य भवन बनेको छ । नख्खुका स्थानीयले मेडिसिटी अस्पतालले नख्खुखोला र राजकुलो अतिक्रमण गरेकोबारेमा अख्तियारमै गएर अवगत गराउँदा पनि उपेन्द्र महतोको शक्तिका अगाडि केही जोड नचलेको गुनासो गरेका छन् ।नयाँपेजबाट



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2J7NLjg via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.