भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संसोधनमार्फत् आफ्ना माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।
संसदको बजेट अधिवेशनको शुरुको दिन सोमबार संसद बैठकमा हिन्दीमा सम्बोधन गरेका राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले थरुहट, मधेश आन्दोलनको सत्य तथ्य छानविन गर्न गठि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे ।
आफ्नो दलका सांसद रेशम चौधरी अहिले पनि जेलमा रहेको भन्दै तत्काल उनको मुद्धा फिर्ता लिन समेत माग गरे । सरकारले राजपलाई सडक संघर्षमा जान बाध्य पारेको भन्दै सधैभरी संसदमा मात्रै आवाज नउठाउने भन्दै सडक संघर्षमा जान बाध्य नपार्न समेत आग्रह गरे ।
जितेन्द्रनारायण देवको संयोजकत्वमा गठित समितिको सिफारिसमा मधेशका ३४ हजार ९० नागरिकता वितरण गरेको तर सर्वोच्चको आदेशले नेपालीलाई नागकिरताविहिन बनाउने प्रयास नगर्न समेत सुझाव दिए । मधेश आन्दोलनको एजेण्डा सम्बोधन नभएसम्म शान्ति सम्भव नभएको झाको दाबी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DDxRtn via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

