भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ। ओलीलाई हिजो (शुक्रबार) राति काभ्रेबाट पक्राउ गरिएको हो । उनी पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्जका रुपमा कार्यरत थिए ।
ओलीलाई विप्लवसमूहले नख्खुमा गराएको बम विस्फोटका मुख्य योजनाकारका रुपमा लिएर प्रहरीले खोजी अभियान चलाएको थियो ।
ओलीसहित ८ पक्राउ
प्रहरीको विशेष टोलीले ओलीसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेहरु कुन तहका नेता हुन् भन्ने नखुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शंकर अधिकारी, विजय श्रेष्ठ, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का रहेका छन्।
काभ्रेको खानिखोला ७ मिल्चे डाँडापारी प्रहरीको विशेष टोलीले बा १७ च ४८९३ नम्बरको स्करपियो चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । जिपमा सवार ८ सहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका सबैलाई काठमाडौं परिसर, टेकुमा ल्याउने छ ।
विप्लव समूह खोज्न प्रहरी सक्रिय
सरकारले गठन गरेको वार्ता टोलीसँग वार्तामा नआएको विप्लवसमूहका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेताहरु पनि गाउँ छिरेका छन् भने, प्रहरीले उनीहरुको खोजीलाई तीव्र पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गदै हिंसा र ध्वंसात्मक गतिविधि छोडन आग्रह गर्दै आएका छन् । उनले ध्वंसात्मक गतिविधि सञ्चालन गर्ने समूहलाई कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ts5IdA via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

