भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ – विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगले आफ्नो दल दर्ता गर्न अस्वीकार गरेपछि उसले बुधबार सर्वोच्चमा रिट दायर गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दिएको अधिकारको उपयोग गर्दै आवश्यक विधि प्रक्रिया पूरा गरेर दल दर्ताका लागि गएको पौष २७ गते आयोगमा निवेदन दर्ता गरेको भए पनि आयोगले दल दर्ता गर्न अस्वीकार गरेकाले सर्वोच्चमा रिट दायर गरेको विवेकशील नेपाली दलले जनाएको छ ।
आयोगले दल दर्ता हुन नसक्ने भनेर गएको फागुन २८ गते निर्णय गरेको थियो । निर्वाचन आयोगले पुरानो अभिलेखमात्रै हेरेर दल दर्ता गर्न नमिल्ने भनेको विवेकशील नेपाली दलले आरोप लगाएको छ ।
गएको वर्षको भदौमा निर्वाचन आयोगमा विवेकशील साझा पार्टी दर्ता हुँदा ३३ जनाको नाम रहेको र त्यसैलाई आधार मानेर आयोगले दल दर्ता गर्न अस्वीकार गरेको हो ।
पछिल्लो समय पार्टीमा ३७ जना केन्दी्रय सदस्य थिए । विवेकशील साझा पार्टीबाट गएको पुस २७ गते छुट्टिँदै नयाँ दल दर्ताका लागि विवेकशील नेपाली दलले निर्वाचन आयोगमा निवेदन दिएको थिए ।
३७ जना केन्द्रीय सदस्यमध्ये १६ जनाले विवेकशील साझा पार्टी परित्याग गर्दै विवेकशील नेपाली दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । यो संख्या राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको दलसम्बन्धी ऐनको दफा ३३ (२) ले उल्लेख गरेअनुरुपको ४० प्रतिशत भन्दा बढी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ys0gLD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

