Loading...
Loading...
वैदेशिक रोजगारीमा जाने कामदारलाई वैशाखदेखि सीप अनिवार्य गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं  सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अगामी वैशाख महिनादेखि सीप अनिवार्य गर्ने भएको छ ।

अब वैदेशिक रोजगारीमा जाने कामदारले विदेशिनु अघि अनिवार्य तालिम लिनुपर्ने भएको छ । कुन र कस्तो काममा जाने हो, त्यो विषयमा तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र अन्तिम श्रम स्वीकृति वितरण गरिने वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले जनाएको छ ।  विदेशमा श्रम गर्न जानेले तीन देखि ६ मिहनाको तालिम लिएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

सरकारले वैदेशिक रोजगारी क्षेत्रका विकृति अन्त्य गदै नयाँ संरचना निर्माण गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।

शुक्रवार वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले आयोजना गरेका एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारी पीडितलाई सरकारले स्थानीय तहबाट क्षतिपूर्ति दिने व्यवस्था गर्ने लागेको बताए ।

देशविदेशमा रहेका श्रमिकको विषयमा धेरै चिन्तित भएर काम गरिरहेको उनको भनाइ थियो । वैदेशिक रोजगार क्षेत्र भित्र व्यापक समस्या भएकाले समाधान गदै लैजाने उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउनका लागि बोर्डले प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JekSn7 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.