Loading...
Loading...
चैत्रभित्र विप्लव नेतृत्व विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिने प्रधानमन्त्रीको घोषणा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिनाभित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिइछाड्ने घोषणा गर्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्‍याउने, कम्युनिष्ट पार्टीको सरकारलाई असफल बनाउन कोशिश गर्ने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सह्य नहुने चेतावनी पनि दिनुभयो ।

सोमबार नयाँ बानेश्वरमा रहेकाे संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याइछाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यसका लागि सो समूहले हिंसा परित्याग नगरे सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न ढिलाइ नगर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले आजै बस्ने मन्त्रीपरिषद बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गर्ने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैन कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CBTIAF via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.