भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरको हो। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्।
संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन गर्दा सहमतिको आधारमा गर्न माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरूलदे बैठक बहिष्कार गरेका हुन्। बिहान ११ बजेबैठक बोलाइएको थियो। तर अहिलेसम्म बैठक बस्न सकेको छैन। वरिष्ठ नेता पौडेल सहितका नेताहरू पार्टी कार्यालयमै भएर पनि बैठक कक्षमा गएका छैनन्।
‘अनुशासन समिति र निर्वाचन समितिचाहिँ सर्वसम्मत रूपमा पारित गर्नुपर्छ भन्ने हो’, नेता अर्जुनरसिंह केसीले भने, ‘तर उहाँहरू तयार हुनुभएन। त्यो भए जे गर्नुछ गर्नुहोस् हामी बैठकमा सहभागी हुँदैनौँ भनेर बैठकमा गएनौँ।’
बिहान ११ बजेबाट भएको अनौपचारिक छलफलमा सभापति समूहले बैठकको एजेण्डा अनुशासन समितिको हुने जानकारी दिएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Xo2QSl via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

