भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणका कार्यदलले काम गर्न पाउनुपर्ने माग राख्दै सदस्यहरूले म्याद थप्न आग्रह गरेपनि सचिवालयले कार्यदल भंग गरेकोमा अधिकांश सदस्यहरूले आपत्ति जनाएका छन् ।
‘कार्यदललाई काम गर्न नदिने तर असफल भयो भन्दिने विषय राम्रो होइन,’ एक सदस्यले भने, ‘पार्टीको आन्तरिक कामकारवाहीमा सचिवालय पुनः हावी हुन खोजेको छ । तर कार्यदल स्थायी कमिटीले गठन गरेकाले पुनः स्थायी कमिटी बैठक बोलाएर यस विषयलाई हल गर्नुपर्छ ।’
शुक्रवार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदल भंग गरेपछि कार्यदलका बहुमत सदस्यले समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार प्रतिवेदन बुझाउने तयारी गरिएको थियो ।
‘उहाँले हाम्रो समानान्तर प्रतिवेदन बुझ्नै नचाहेको भन्ने अर्थ लगाउनु हुँदैन,’ नेता लेखराज भट्टले भने, ‘शनिवार उहाँको जन्मदिन पनि थियो, सोही कारण समय नमिलेको हुन सक्छ ।’ भट्ट कार्यदलमा सदस्य थिए ।
शनिवार समय नमिलेपछि आइतवार प्रधानमन्त्रीलाई भेट्ने समय मिलाउने जिम्मा योगेश भट्टराईले पाएका छन् । ‘योगेशजीलाई समय मिलाउने जिम्मेवारी दिइएको छ, उहाँले आज समय मिलाएपछि हामी प्रतिवेदन बुझाउँछौं,’ नेता भट्टले भने, ‘विधानअनुसार पनि प्रदेश लगायत अन्य कमिटीको एकीकरणका लागि स्थायी कमिटीको भूमिका हुने भन्ने छ । यस अनुसार सचिवालय र मुख्यतः अध्यक्षद्वयले विधानसम्मत् निर्णय लिनुहुनेछ भन्ने अपेक्षा छ
कार्यदलमा छलफल भएर पनि टुंगोमा पुग्न नसकेको विषय प्रदेश लगायत स्थानीय कमिटीको गठन हो । कुनै विशेष प्रयोजनका लागि सम्बन्धित कमिटीले कार्यदल गठन गर्न सक्नेछ भनी नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधानको धारा ३३ मा उल्लेख गरिएको छ ।
‘कुनै पनि पार्टी कमिटीले विशेष प्रयोजनका निम्ति आफ्नो तहमा कार्यदल गठन गर्न सक्नेछ,’ विधानको धारा ३३ मा उल्लेख गरिएको छ, ‘कार्यदलमा आवश्यकता अनुसार संयोजक, उपसंयोजक र सदस्यहरू रहनेछन् । कार्यदलको अधिकार र कर्तव्य कार्यदल गठन गर्ने कमिटीले तोकेबमोजिम हुनेछ ।’
स्थायी कमिटीले विशेष प्रयोजनका लागि गठन गरेको कार्यदल भंग गर्ने अधिकार पनि उही स्थायी कमिटीलाई हुनुपर्ने हो, तर सचिवालयले स्थायी कमिटीलाई बाइपास गरेर निर्णय लियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tB6x9N via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

