Loading...
Loading...
एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्न पाएनन्: काङ्ग्रेस सभापति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भक्तपुर– नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाएका छन्। काङ्ग्रेस भक्तपुरले आज मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा उनले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए।

जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको जिकिर गरे। सभापति देउवाले भने, “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन।”

कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले जनताले मूल्याङ्कन गर्न मिल्ने गरी सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। नेता सिंहले कम्युनिष्ट सरकारले सङ्घीयतालाई बचाउन सक्ने गरी सङ्घीयता कार्यान्वयन हुन सक्ने गरी काम गर्न नसकेको आरोप लगाए।

कार्यक्रममा काङ्ग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनतालाई कर र महङ्गी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताए। कार्यक्रममा नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापा, नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन थापा, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतका नेताहरुले सरकारले जनताको मन जित्ने र व्यवहारमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ih82nJ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.