Loading...
Loading...
हेलिकप्टर दुर्घटना: शव पहिचान गर्न निरन्तर १२ घण्टा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – दुर्घटनामा मृत्यु भएकाको शव पहिचान गर्न निरन्तर १२ घण्टा लागेको  शिक्षण अस्पतालका फोरेन्सिक मेडिसिन बिभागका प्रमुख प्रा डा हरीहर वस्तीले बताए। मृतक सात मध्ये मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शव पहिचान गर्न निकै गाहो भएको भएपनि अन्य ६ जनाको पहिचान भएकाले बाँकी एक जना उनकै शव हो भन्ने भएको डा वस्तीले जानकारी दिए। कसैको लक्षणसंग मेल नखाएको र एक जना बाँकी भएको हिसाबले उक्त शव घिमिरेकै हो भनेर बाइ एक्सक्लुजन बैज्ञानिक पद्धति अनुसार पहिचान गरिएको थियो।

शव पहिचानका लागि कसैको पनि डिएनए जाँच गर्नुपर्ने आवश्यकता नपरेको र शवको फिंगर प्रिन्ट तथा उनीहरुले लगाएका धातुका सामानका आधारमा पहिचान गरीएको हो। मृतक सबैको शब परिक्षणका लागि  हिजो दिउसो २ बजेदेखि आज बिहान २ बजेसम्म निरन्तर १२ घण्टा लागेको थियो।

शवको प्रकृति हेर्दा पहिचान गर्न निकै गाहो थियो। मन्त्री अधिकारी बाहेकका अन्य सबै शव जलेको अबस्थामा फेला परेको थियो। मन्त्री अधिकारीको शव नजलेपनि कपडा खोलेर छुट्टै राखिएकाले पहिचान गर्न मुस्किल भएको थियो तर फिंगर प्रिन्टका मद्धतले पहिचान गर्न सफल भएको वस्तीले सुनाए।

चारवटाको शवका औला नजलेकाले फिंगर प्रिन्ट तथा उनीहरुको नागरीकतामा रहेका फिंगर प्रिन्ट संग ट्याली गरेर हेरिएको थियो। 
एक जनाको दातबाट पहिचान भएको थियो। एक जनाको खुट्टाबाट पहिचान भयो। बाटा कम्पनीको जुत्ता लगाएको छ भन्ने जानकारीको आधारमा छुट्टिएर आएको खुट्टाको पहिचान गरिएको थियो। यसको आधारमा छुट्टिएर आएको शरीरका भागको पहिचान गर्न सफल भएको थियो।

कतिपयको एक हात नै नभेटिएको तर यो भनेको जलेर त्यो भाग खरानि नै भएको हो। सुरुमा सबैको पहिचान गर्न गाहे भएपनि उनीहरुका बारेमा प्रबिधिको सहयोगले पहिचान गर्न सफल भएको उनको भनाई छ। 

मृतकका आफन्तसंग सबैभन्दा पहिला उनीहरुको पुर्ण बिवरण लिइएको थियो। 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TbMA8N via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.