Loading...
Loading...
प्रतिनिधि सभाको बिहीबार बस्ने बैठक स्थगित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ – प्रतिनिधि सभाको बिहीबार बस्ने बैठक सूचना टाँसेर स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको शोकमा बैठक सूचना टाँसेर स्थगित भएको हो । 

सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा मन्त्री अधिकारीसहितको निधनको शोकमा बैठक स्थगित गरिएको जनाइएको छ । 

ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टरका चालक क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

आज स्थगित भएको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची थियो।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BXSJdN via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.