भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ – गएको वर्ष फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाउनुभएको थियो । तर यही अवधिमा ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचीमा नेपाल गएका वर्षको तुलनामा झनै तल खस्कन पुगेको देखायो ।
यस्तै ओली नेतृत्वमा रहेका अरु मन्त्रीहरुले पनि कार्यभार सम्हाल्दै गर्दा ठूला–ठूला योजना सुनाउन भ्याए । यातायातमन्त्री रघुवीर महासेठले सुनाएको यातायातमा रहेको सिण्डिकेट तोड्ने कुरा अझैसम्म पनि उस्तै छ ।
खानेपानी मन्त्री बीना मगरले गएको दशैँमा नै मेलम्चीको पानी ल्याउने भनेर भाषण गर्ने गरेको भए पनि अहिले आइपुग्दा मेलम्ची योजना अलमलमा परेको छ । ठेकेदारसँग ठेक्का सम्झौता तोडिएको छ । काठमाण्डौवासीको वर्षौँदेखिको मेलम्चीको पानी प्रयोग गर्ने सपना फेरि केही वर्ष धकेलिन पुगेको छ ।
यस्तै नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद प्रकरणमा अर्बौँको घोटाला भएको खुलासा यसैबेला हुन पुगेको छ । यसमा बहालवाला पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेतको संलग्नता रहेको भन्दै संसदीय समितिले प्रतिवेदन नै बुझाइसकेको छ ।
यस्ता केही घटनाले ओली नेतृत्वको सरकारको यो एक वर्षमा प्रशंसाभन्दा बढी आलोचना भयो । कैलालीमा एक १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणले झनै ओली सरकारको आलोचना बढाइदियो ।
तर यो एक वर्षे अवधिमा सरकारले कामै नगरेको भने होइन । केही कामहरु हेर्दा आशाको किरण छर्ने काम भएको छ ।
सरकारको एक वर्ष : संघीयता कार्यान्वयनमै अलमल
यो अवधिमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वनमा ल्याउनु, प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्नु, साना किसानको ऋण मिनाह गर्नु, श्रमिकको ज्याला बृद्धि गर्नु, वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा प्रयास गर्नुजस्ता कामले सरकारको एक वर्ष उत्साहजनक पनि देखिन्छ ।
यो एक वर्षमा छिमेक नीतिमा सन्तुलन कायम गर्न सफल हुनु पनि सरकारको उपलब्धिकै रुपमा लिन सकिन्छ । विगतमा छिमेक नीति सन्तुलन नहुनु र परराष्ट्र नीति समेत स्पष्ट नभएको भन्ने आवाज उठ्ने गर्थ्यो । तर यो सरकारले सन्तुलित परराष्ट्र नीति अंगिकार गर्न सफल भएको छ ।
बुधबार मात्रै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दै अब बेरोजगार युवालाई भत्ता दिने व्यवस्था ल्याइएको छ । सकेसम्म रोजगारको व्यवस्था गर्ने र हुन नसके निर्वाह भत्ता उपलब्ध गराइने घोषणा गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bz69Nc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

