भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ। ‘इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९’ को प्रतिवेदनअनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ। फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ मा न्यून आय भएका देशको सूचीमा नेपाल १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको हो।
इन्टरनेटको उपलब्धता, सामथ्र्य, प्रासंगिकता तथा तत्परतालगायत विषयलाई आधार बनाएर यसको मूल्यांकन गरिएको हो। मूल्यांकनका आधारमा न्यून आय भएका देशको सूचीमा नेपालबाहेक अन्य सबै अफ्रिकी मुलुक छन्। उक्त सूचीमा दोस्रो नम्बरमा रुवान्डा र तान्जेनिया छन्। रुवान्डा र तान्जानियाले १०० मा ५६.२ अंक हासिल गरेका छन्। यस्तै तेस्रोमा सेनेगल छ। सेनेगलले ५३.४ अंक हासिल गरेको छ। उक्त सूचीमा उच्च आय भएको देशमध्ये पहिलो स्थानमा स्वीडेन छ। इन्क्लुसिभ इन्टरनेट इन्डेक्समा सिंगापुर, अमेरिका, डेनमार्क र बेलायत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन्।
नेपाल इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ को न्यून आय भएका देशमध्ये पहिलो नम्बरमा रहेको भए पनि विश्वमा इन्टरेनट प्रयोग गर्ने देशको तुलनामा भने धेरै पछि परेको छ। प्रतिवेदनले विश्वमा इन्टरनेट प्रयोग गर्ने देशको तुलनामा नेपालको अवस्था कमजोर देखाएका छ। इन्टरनेट प्रयोग गर्ने देशमध्ये नेपाल ७२औं स्थानमा छ। उक्त इन्डेक्समा विश्वभरका सय मुलुकलाई समावेश गरिएको थियो। यसले विश्वको जनसंख्याको ९६ प्रतिशत तथा जीडीपीको ९४ प्रतिशत प्रतिनिधित्व गर्ने प्रतिवेदनमा उल्लेख छ। उक्त सय मुलुकमध्ये नेपाल ६२औं स्थानमा परेको हो। यसका लागि दि इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले फेसबुकको सहयोगमा विभिन्न तहमा पाँच हजारभन्दा बढी मानिससँग सर्वे गरेको जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ulb7o0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

