Loading...
Loading...
देशव्यापी सडकमा उत्रिँदै कांग्रेस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ माघ २१ गते देशव्यापी प्रदर्शन गर्न लागिएको सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला केही घटनाले सरकार संवेदनहीन बन्दै गएको जिकिर गरे । कांग्रेसले स्थानीयदेखि केन्द्रसम्म विभिन्न ६ वटा एजेन्डालाई लिएर सडकमा उत्रने निर्णय गरेको हो । 

‘सरकारले सदनमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार देखाएको छ’, शर्माले भने, ‘स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयासको हामी भर्त्सना गर्छौँ ।’

कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भनेको छ। 

कांग्रेसले जारी गरेको विज्ञप्तिमा देशव्यापी बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको निचोड निकालेको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगीसक्दा पनि दोषी पत्ता लगाउन छाडेर निर्दोषलाई दोषी ठहर्‍याउने षडयन्त्र सरकारले गरेको आरोप कांग्रेसले लगाएको छ । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HAio1s via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.