Loading...
Loading...
डा. केसीको अवस्था जटिल, बिहीबार रानीनै काठमाण्डौँ ल्याईयो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौँ – इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइएको छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।

सुरूमा डा. केसी आइसियुमा भर्ना हुन राजी थिएनन्। उनी पहिले आफू अनसन बसेको ठाउँमै जान चाहन्थे। तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आइसियुमा बस्न राजी भए।

नौ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको केसी समूहका सदस्य डा. अभिषेक सिंहले जानकारी दिए।

‘इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो,’ उनले शुक्रबार बिहान काठमाडौं विमानस्थलमा अवतरणलगत्तै सेतोपाटीसँग भने, ‘उहाँलाई टिचिङ अस्पतालको आइसियुमा भर्ना गरिएको छ।’

डा. केसीलाई भद्रपुरबाट करिब २ बजे सेनाको हेलिकप्टरमा उडाइएको थियो। उनलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स विमानस्थलमा डाकिएको डा. सिंहले बताए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RBluHg via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.