Loading...
Loading...
‘विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय हो ।’: प्रधानमन्त्री
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनेको बताएका छन् । माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान हो’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय हो ।’

सबै जात र समुदायको सहभागितामा निर्माण गरिएको संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न अग्रसर भएको प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । अभियान एक्लो प्रयासबाट सफल नहुने भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।

सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको पनि प्रधानमन्त्रीले प्रष्ट पारेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FsPG0H via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.