Loading...
Loading...
न्यायाधीशमाथि बृहत् छानबिनका लागि उच्चस्तरीय समिति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं  न्याय परिषद्ले २ जना जिल्ला न्यायाधीशमाथि बृहत् छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको छ । ललितपुर जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानबिन गर्न समिति गठन भएको हो ।

छानबिन समितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश डा.टेकप्रसाद ढुंगाना सदस्य तोकिएका छन् । उजुरी गम्भीर प्रकृतिका देखिएपछि बृहत् छानबिन सुरु भएको हो । यी न्यायाधीशलाई परिषद्मा हाजिर गराइएको छ ।

उनीहरूमाथि द्रुत तवरमा छानबिन गरी ४५ दिनभित्रै प्रतिवेदन पेस गर्न कार्यादेश तोकिएको छ । परिषद् उच्च स्रोतका अनुसार मंगलबारको निर्णयअनुरूप छानबिन समिति गठनबारे राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको छ । ‘न्यायाधीशबाट फैसला हुँदा कानुन र नजिर तोडमोड गरिएको, अनियमितता गरी न्याय बिचलित भएको उजुरी थिए’, परिषद् उच्च स्रोतले भन्यो, ‘परिषद्को प्रारम्भिक अनुसन्धानबाट बृहत् छानबिन हुनुपर्ने राय आएपछि सर्वोच्चकै न्यायाधीश संलग्न समिति गठन गरिएको हो ।’

परिषद्ले उजुरीका विषयमा तत्कालीन सर्लाही जिल्ला अदालतका प्रमुख न्यायाधीश राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमसँग स्पष्टीकरण सोधिएको छ । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DMxVYd via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.