भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकारभन्दा बाहिर राख्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले मन्त्रिपरिषद बैठकमार्फत ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेवारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ति जनाएको हो ।
ती दुई संस्थाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने दाबी कांग्रेसले गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरी सरकारले निर्णय गरेकोमा गम्भीर आपत्ति जनाउनुभएको हो । दुई संस्थाको जिम्मेवारीबाट पन्छिनुपर्नुको कारण स्पष्ट पार्न पनि उहाँले माग गर्नुभयो । नेता पाण्डेले प्रश्न गर्नुभयो, ‘केबल गिरिजाप्रसाद र सुशील कोइरालाको नामसँग, नेपाली कांग्रेसको नेतासँग जोडिएको कारणले हो कि ? वा के कारणले आफ्नो जिम्मेवारीबाट अलग राख्न खोजिरहेको छ ?’
कांग्रेसले निर्णय पुनर्विचार गर्न माग गर्दे त्यसबारे अर्को बैठकमा जानकारी गराउन माग गरेको छ । दुई संस्थालाई केन्द्रको मातहत राख्ने र केन्द्रीय सरकारले नै सञ्चालन गर्ने व्यवस्था नभए संसदभित्र र बाहिर संघर्ष गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।
संस्थासँग रहेको नाम मेटाउँदैमा नेताहरुले देशका लागि पुर्याएको योगदानमा कमी नहुने भन्दै नेता पाण्डेले प्रतिपक्षी दलप्रति राजनीतिक असहिष्णुता देखाउने काम बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो । उहाँले प्रतिपक्षी दलप्रति यस्तै व्यवहार गर्दै जाने हो भने देश अराजकता र संघर्षको बाटोतर्फ जाने खतरा रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि सरकारको रबैया प्रतिपक्षीको नामसँग पनि उसलाई एलर्जी हुने, नामसँग पनि उसलाई दुश्मनी हुने हो भने भोलिका दिनमा हामीले पनि त्यस्तै खालको व्यवहार सरकारलाई गर्नुपर्ने आवश्यकता पर्न जान्छ ।’
उहाँले सधैँ एउटै पार्टीको नेतृत्वमा सरकार नरहने तर्फ पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता परिर्वतन होइन सरकार परिर्वतन भएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CtJBgq via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

