Loading...
Loading...
कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।

शुक्रबारको प्रतिनिधिसभा बैठकको कारबाही प्रक्रियाप्रति पार्टीको गम्भीर आपत्ति रहेको जनाउँदै प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख र सत्तारुढ दल आफ्नो गल्ती सच्याउन तयार नदेखिएको आरोप लगाए। सहमतिबाट संसद् बैठकलाई अघि बढाउनभन्दा सत्तारुढ दल प्रतिपक्षी दलले संसद् अवरोध जारी राखोस् भन्नेमा रहेको जिकिर गर्दै खाँणले नागरिकसँग भने, ‘कांग्रेसले संसद् अवरोध जारी राखेका बेला चिकित्सा शिक्षा विधेयक जसरी मलमिच्याइसँग पारित गरियो त्यसलाई सहजताका साथ सुधार गर्नेभन्दा प्रतिपक्षीले संसद् अवरोध जारी राखोस् र आफ्नो काम गर्दै जाउँ भन्ने मानसिकतामाका देखिएको छ।’

सभामुख संसद्को साझा व्यक्ति भएको भन्दै खाँणले शुक्रबार सत्तारुढ दलको प्रभावमा परेको आरोप लगाए। पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा लगेको विरोधमा कांग्रेसले संसद् बैठक अवरुद्ध गरी रहेका बेला सभामुखले सहमतिका लागि प्रया गर्न नसकेको उनले आरोप लगाए। त्यसलाई सहजतका साथ सुधार गर्नुको साटो सरकार र सभामुखले अधिकतम बल प्रयोग गरेको आरोप लगाउँदै खाँणले भने, ‘सभामुखको भूमिका सरकारलाई रुलिङ गर्ने र सहमतिको प्रयास गर्ने हुनुपर्ने थियो तर उहाँ बलप्रयोग गरेर संसद्को कारबाही अघि बढाउनुभयो, जुन आपत्तिजनक छ।’ सभामुख र सरकार दुवै गम्भीर देखिएर छलफल भयो भने विधेयक अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो।’



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DJh2O6 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.