Loading...
Loading...
काँग्रेस मेलमिलाप दिवस जिल्ला-जिल्लामा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सबै जिल्लामा आयोजना गर्ने कार्यक्रमका लागि पार्टीले जिल्ला खटाएका नेताहरु तोकिएका जिल्लामा गएका छन् । 

नेपाली काङ्ग्रेसले यही १६ गते सोमबार मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने ती कार्यक्रमहरुका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ ।

केही नेताहरु सोमबारै काठमाडौंबाट जाने समेत बुझिएको छ । 

दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए ।

पदाधिकारी मध्ये एक उपसभापति विजयकुमार गच्छेदार, महामन्त्रीद्धय डा शशांक कोईराला र पूर्ण बहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिका नौ जना बाहेक अन्य नेताहरुलाई जिल्ला खटाइएको हो ।

जिल्लामा खटाइएका नेताहरुमध्ये अधिकांश शनिबार गएका छन् भने केही नेताहरु शुक्रबारै गएका थिए । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BMhs47 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.