भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । अघिल्लो पटक संसदीय सुनुवाईसम्म पुगेका दिपकराज जोशीलाई यो पल्ट संवैधानिक परिषदमै तगारो पर्यो। अघिल्लो पटक जस्तै, रोलक्रम मिचियो। यसअघि जसरी दोस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भए।
यो पल्ट पनि त्यसै भयो, दोस्रो नम्बरमा रहेका चोलेन्द्रशमशेर राणाको नाम संसदीय सुनुवाईका लागि पठाइयो। अनि, सुरु भयो राणा च्याप्टर। राणाबारेको संसदीय सुनुवाई पनि मुखैमा आइसक्यो। आइतबार काठघरामा उभिनै पर्यो। प्रक्रिया अनुसार समितिले उजुर आह्वान गर्दा राणाविरुद्ध ९ वटा आरोप पत्र परे, ‘८ व्यक्तिगत र एक सैद्धान्तिक’। उजुरकर्ताहरुसँग संसदीय सुनुवाई समितिले छलफल गरिसकेको छ।
राणामाथि लागेका आरोप सामान्य छैनन्। राणालाई प्रधानन्यायाधीश बनाउनुको सट्टा महाभियोग लगाएर हटाइनु पर्ने कोटीमा पारेका छन्, उजुर कर्ताले। भ्रष्टाचारीको नाइके भनेका छन्। त्यतिमात्र होइन, संविधान विरोधी र पाकृतिक न्यायको घाँटी निमोठ्ने घोर अपराधी भनेका छन्।
उजुरकर्ताले संसदीय सुनुवाई समितिमै राणालाई प्रधानन्यायाधीश बनाए भयङ्कर आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्। ९ उजुरकर्ता मध्य एक पुण्यप्रसाद गौतमले त, ‘यदि संसारका भष्ट्राचारीबीच प्रतिष्पर्धा गराउने हो भने, राणाले अन्तर्राष्ट्रिय मेडल जित्ने पक्का छ’ भन्दिए।
वीरगञ्जको सार्वजनिक ४ बिघा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरे। तर, शाहले सर्वोच्च्मा पुनरावेदन गरेपछि जिल्ला र तत्कालीन पुनरावेदन अदालतको फैसला राणाले उल्ट्याइदिए। न्यायको सर्वमान्य सिद्धान्त अनुसार आफ्नो नाता पर्नेको मुद्दाको पेशी हेर्नै पाइँदैन। राणाले सालो नाता पर्ने प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरिदिएको अन्सारीले बताए। न्यायको सर्वमान्य सिद्धान्त विपरित आफन्तको नाममा फैसलाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा विचाराधीन छ। २०७४ वैशाख ११ गते दर्ता भएको मुद्दाको अझै फैसला भएको छैन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EV68qc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

