भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा २५ करोडको खेल मिलेपछि इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ काममा फर्किएको छ । आईतबार राती भएको दुईपक्षीय बैठकमा मन्त्रालयका उच्च अधिकारीहरुले ठेकेदार कम्पनीसँग मागेको २५ करोड कमिसन नमाग्ने सहमती गरेपछि ठेकेदार कम्पनी काममा फर्किन तयार भएको हो । मन्त्री र सचिवले समेत करोडौं कमिसन मागेपछि मेलम्ची आयोजनाको काम छाडेर स्वदेश फर्कन लागेको ठेकेदार कम्पनीको धरौटी रोक्का गर्न समेत तयार भएको सरकारलाई उच्च अदालत पाटनले धरौटी रकम नरोक्न अन्तरिम आदेश गरेको थियो ।
धरौटी रकम सहित ठेकेदार कम्पनी स्वदेश फर्कने तयारीमा लागेपछि कमिसनको अडानमा रहेका मन्त्रालयका उच्च अधिकारीहरु समेत आत्तिएर ठेकेदार कम्पनीलाई थुम्थुम्याउने प्रयासमा लागेका थिए । १७ डिसेम्बरमा सिएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । पुष ६ गते उच्च अदालत पाटनले सो विषयमा यही पुस ५ गते पहिलो चरणको सुनुवाइ गरी आइतबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आईतबार फेरि अदालतले सोही अन्तरिम आदेश बुधबारसम्मको लागि निरन्तरता दिएको छ ।
यो कमिसनको खेलमा खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको समेत मिलेमतो रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनीहरुले कम्पनीसँग सो रकम माग गरेपछि कम्पनीले छाडेर जाने भन्दै ठेक्का तोडेको पत्र लेख्न बाध्य भएको हो । स्रोतले भन्यो सरकारका मन्त्रीदेखि सचिवसम्मका अधिकारीहरुले सिएमसीले ठेक्का नै तोड्छ भन्ने सोचेका पनि थिएनन् । एक्कासी ठेक्का तोडेपछि सरकारका उच्च अधिकारीहरु नै तर्सिए र सिएमसीलाई काममा फर्काउन कसरत थालेका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LwMe5m via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

