Loading...
Loading...
प्रदेश सरकारले रवी वडलाई धनगढीमा सम्मान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कैलाली । हिजो आज निकै चर्चा बटुल्न सफल भएका नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले साेमबार धनगढीमा सम्मान गरेको छ । 

विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गर्नुभएको हो । सम्मान कार्यक्रममा बोेल्नुहुँदै मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताउनुभयो ।

उहाँले यो जितलाई आत्मसात गरी आगामी दिनमा थप उचाई प्राप्त गर्न वडलाई शुभकामना दिनुभयो ।उहाँले वडलाई सहयोग र साथ दिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

यस्तै सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताउनुभयो । उहाँले सम्पूर्ण देशवासीको माया र स्नेहले आफूले यो स्थान हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

यही अवसरमा मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले रविलाई सम्मान गरेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Smis66 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.