भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।
वीर अस्पताल मेडिकल विभागका अनुसार दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका छन्। उनीहरुमध्ये दम भएका वृद्ध–वृद्धाहरु चिसोकै कारण जटिल बनेपछि आकस्मिक कक्षबाट अस्पताल भर्ना भएर उपचार हुने गरेको वीर अस्पताल मेडिकल विभागका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठले बताए।
चिसोका कारण बिरामी बढेर दैनिक पाँच वृद्ध–वृद्धा आकस्मिक कक्षमा भर्ना हुन आएको सिभिल अस्पतालले जनाएको छ। श्वास–प्रश्वासका बिरामीहरुले भने रोग जटिल बनेपछि अस्पतालका बहिरंग विभागमा उपचार गर्ने गरेको चिकित्सकले जनााएका छन्। चिसो बढ्दै जाँदा अन्य रोगका बिरामी घटेको र श्वास–प्रश्वासका बिरामी मात्र बढिरहेको सिभिल अस्पताल आकस्मिक कक्षका प्रमुख डा. दिनेशकुमार लम्सालले बताए।
अन्य मौसममा सरुवा रोगका बिरामी बढी आउने गरेकोमा हाल मौसमी भाइरलजन्य रोगका बिरामी बढी आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। एक विद्यालयमा दुई सय जनामा एकै प्रकारको रुघाखोकी र ज्वरोको समस्या देखा परेपछि विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ। अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनका अनुसार सामूहिक रुपमै बिरामीहरुमा जन्ती जाने क्रममा र विद्यालय जाने क्रममा संक्रमित हुने गरेको बताए। उनीहरुमा एक्कासी ज्वरो आउने, घाँटी दुख्ने, रुघााखोकी लाग्ने, निमोनियाँ हुने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्याहरु देखिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BtWmHo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

